April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या

वाग्मती, वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ ।

मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहँुदा थोरै कर्मचारीले कार्यालयको सबै काम सम्पादन गनुपर्दा समस्या भएको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हाल इन्जिनीयरतर्फ विभिन्न सेवा, समूह र उपसमूहमा गरी १६, शाखा अधिकृत तीन, सिनियर डिभिजन इन्जिनीयर (सिभिल) एक र उपसचिव ( सामान्य प्रशासन) तर्फ एक गरी कूल २१ कर्मचारी रिक्त छन् ।

शीर्ष समाचार

धेरै पढिएको