November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

सडकका कुकुरको बन्ध्याकरण शुरु, दशैँ अघिसम्म ३५ वटा कुकुरको बन्ध्याकरण गरिने

  • 2
    Shares

कास्की, हिमालयन एनिमल रेष्क्यु ट्रस्ट(हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । सो कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिएका छन् ।

हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोरोना महामारीको कारण केही वडा छुटेका थिए । छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको