November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

बाग्लुङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण, अनिश्चितकालका लागि सबै सेवा बन्द

  • 5
    Shares

बाग्लुङ, नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उनलेबताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको