December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

विदेशबाट एक लाख भन्दा बढी नेपाली स्वदेश फर्किए, सबैभन्दा बढी यूएइबाट

  • 5
    Shares

काठमाडौँ, सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ५९ देशमध्ये सबैभन्दा बढी २९ हजार ४३२ जना युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक कतारबाट १५ हजार ८१७ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी रियाद (जेद्दा) बाट १५ हजार ६४७ र मलेसियाबाट १४ हजार ७१८ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट ९ हजार ५११ जना स्वदेश फर्किएका छन् । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ । ओमानबाट १६ सय ३९ जना र दक्षिण कोरियाबाट १८ सय ११ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ९३० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ४२३ जना नेपाली स्वदेश फर्किएका छन् ।

हाल सम्म सिगांपुरबाट ८२३ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६ रहेका छन् । र, सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको