November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

सम्पत्तिका लोभमा परी दुई भारतीयले बनाए नेपाली नागरिकता

  • 1
    Share

कपिलवस्तु, दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका- १ बाट नेपाली नागरिकता लिएका हुन् ।

बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज- १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ ।

बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । भारतको मतदाता सूचीमा सो दम्पतीको नाम रहेको जनाइएको छ । उनकी श्रीमतीको नाम भने दुवैतिर एउटै छ ।

कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले कुनै पनि भारतीयले नेपाली नागरिकता लिनु गलत भएको बताउँदै प्रमाण फेला पर्‍यो भने तत्काल खारेज हुने पारेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको