September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हट्यो

काठमाडौँ, सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो ।

२०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाइएको थियो । यस्तै ५० हजार बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ ।

विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ स।स्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मुल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको हो । ५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेको फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको