September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आज काठमाडौं उपत्यकामा मात्र थपिए १ हजार ४१६ सङ्क्रमित

काठमाडौँ, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित देखिएको जानकारी दिएको हो ।

आइतवार थप २ हजार ७१ जना नयाँ सङ्क्रमित थपिएका छन् । आजको पीसीआर टेस्ट जम्मा १२ हजार ४२७ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको