September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २ हजार ७ जनामा कोरोना पुष्टि, १ हजार ५५२ जना डिस्चार्ज

काठमाडौं, आइतवार थप २ हजार ७१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ । आजको पीसीआर टेस्ट जम्मा १२ हजार ४२७ रहेको छ । देशभर क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ६१३ रहेको छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई १ हजार ५५२ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७५ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको