November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमण दर उच्च, सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघ्यो

  • 17
    Shares

मकवानपुर, अन्य प्रदेशको तुलनामा वाग्मती प्रदेशमा कोरोना सङ्क्रमीत उच्च दरमा फेला पर्नुका साथै सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । कुल संक्रमितको ४५ दशमलब ३६ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् ।

हाल सम्म वाग्मती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको कोरोना संक्रमतिको सख्या ४७ हजार ९ सय ४१ जना पुगेको वाग्मती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिएका छन् । बागमती प्रदेशमा एकैदिनमा तीन हजारसम्म संक्रमतिहरु बढ्ने गरेको पनि उनले बताएका छन् ।

“परिक्षणको दायरा बढाएसँगै कोरोना भाइरस संक्रमितको संख्या पनि बढेको हो । पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । वाग्मती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ” उनले भने ।

प्रदेशमा २७ हजार ३ सय ७२ जना कोरोना संक्रमित उपचार पछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएको वाग्मती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिए ।

वाग्मती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको