September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

पहिलो पटक राप्रपाको केन्द्रीय समिति विस्तार

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पु¥याएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।

राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम तीन अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो । “असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ”, विज्ञप्तिमा भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको