September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध नेकपा सां‌सदबाटै अविश्वासको प्रस्ताव 

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

सांसद यामलाल कँडेलको नेतृत्वमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ । शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् ।