April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

बैतडीमा निरीक्षकसहित ५ प्रहरीमा कोरोना संक्रमण

बैतडी, बैतडीमा प्रहरी निरीक्षकसहित ५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण भएका प्रहरीहरु सबै जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन् ।

कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायब निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान हुन् । जिल्ला बाहिरबाट सरुवा भएर आएका, परीक्षा दिन बाहिरी जिल्ला गएका र घर बिदाबाट आएकाहरुमा कोरोना देखिएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको