September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

२८ दिनमा तोडे डा. केसीले १९औं अनशन

काठमाडौं, चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आइतबार बिहान १९ औं अनशन तोडेका छन् । अनसन तोडेसँगै डा. केसीलाई अब आईसीयूमा राखेर उपचार गरिने बताइएको छ।

अस्पतालमा कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनशन तोडेका हुन् । सरकारले शनिबार राति केसीसँग ८ बुँदे सहमति गरेको थियो ।

शिक्षण अस्पताल महारागन्जमा केसीले अनशन तोड्दा समर्थक र शुभेच्छुकको उपस्थिति रहेको थियो । जुम्लाबाट अनशन सुरु गरेका केसीको स्वास्थ्य समस्या भएपछि काठमाडौं ल्याइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको