September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

राजेश मानन्धरको कोभिड-१९ कार्टुन सङ्ग्रह सार्वजानिक

काठमाडौं, कलाकार राजेश मानन्धरको कोभिड-१९ कार्टुन सङ्ग्रह बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका-७ ले प्रकाशन गरेको हो ।

हिजो आयोजित कार्यक्रममा कामपा-७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समयसापेक्ष विषयवस्तुलाई सिर्जनामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा दिएका छन् ।

बूढानीलकण्ठ स्कूलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र महत्वपूर्ण रहेको बताएका छन् ।

सामुदायिक विद्यालयका प्रतिनिधि चन्द्रकान्त पण्डित, निजी विद्यालयका तर्फबाट पूर्ण रावल, नेपाल जेसीजको उपाध्यक्ष शोभा खरेललगायतले अहिलेको विषम परिस्थितिमा पनि सर्वसाधारणलाई कसरी सामाजीकरण गर्न सकिन्छ ? भन्नेबारे कृति केन्द्रित रहेको विचार गरे ।

शीर्ष समाचार

धेरै पढिएको