April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

मध्यरात सरकारसँग डा. गोविन्द केसीको ८ बुँदे सहमति, ९ बजे अनशन तोड्दै

काठमाडौं, चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग सरकारले ८ बुँदे सहमति गरेको छ । सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्दै छन् । 

सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।

सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाइ सुरु गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिमा विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको