September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

बारामा महिनावारी स्वस्थ तथा सुत्केरी स्याहार मूलक जनचेतना कार्यक्रम सम्पन्न

बारा, बाराकाे प्रसौनी गाँउपालिले शनिबार महिनावारी स्वस्थ तथा सुत्केरी स्याहार मूलक जनचेतना कार्यक्रम सम्पन्न भएको छ । प्रसाैनी वडा नं ४ मा सम्पन्न भएको कार्यक्रममा धेरैकाे सहभागीता रहेकेा थियाे ।

कार्यक्रममा प्रसौनी गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले महिलाकाे हक अधिकारकाे लागि गाउँपालीका सधै साथमा रहने बताएका छन् । उनले महिलालाई शिक्षा र स्वास्थ्य लगायतका बिषयमा जानकारी दिएर जागरूप बनाउने कार्यमा संलग्न सबै क्षेत्रका व्याक्तित्वकाे प्रशंसा गर्दै पछिल्लाे समय महिलाहरू स्वयम संगठित हुन थालेकेा र त्यसमा महिला नेतृत्व र जनप्रतिनीधिकाेसमेत महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

महिलामा देखा पर्ने विभिन्न समस्या पाठेघरकाे समस्या, क्यान्सर, माइग्रेन लगायतका अन्य राेगहरूका बारेमा महिला स्वयम जानकार भई परिवारका विषयमासमेत जानकार हुन जाेड दिदै महिला सशक्तीकरण महत्वपूर्ण रहेकेा पनि उनले बताए ।

कार्यक्रममा प्रसौनी गाँउपालिका उपाध्यक्ष गीता साह, लाल परि देवी, अजय कुमार गुप्ता, पिंकी पासवान, संगिता देवी, आश कुमारी यादव र त्रिपुरारि राउत लगायतका अगुवाहरूकाे उपस्थिति रहेको थियो । कार्यक्रमको उद्धाटन प्रसौनी गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले गरेको थिए भने उक्त कार्यक्रमको सहजीकरण प्रसौनी गाँउपालिका स्वास संमयोजक सुरेश साहले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको