September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

काेरियास्थित नेपाली राजदुतावासले श्रमिकका लागि अभिमुखीकरण तथा मनाेसामाजिक कार्यक्रम गर्दै

सिओल, कोरियास्थित नेपाली राजदुतवास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक, शारीरिक, सामाजिक तथा आर्थिक समस्यालाई सम्बोधन गर्ने भएको छ । नेपाल तथा अन्य ठाउँमा बसोबास गर्दै आएका अनुभवी विज्ञद्वारा अभिमुखिकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया,महिलाको लागि महिला लगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो कक्षा सञ्चालन हुन लागेको हो ।

साप्ताहिक रुपमा संचालन हुन लागेको सो कार्यक्रम यही आउँदो आईतबार अक्टोबर ११ देखि सुरु हुनेछ । पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि, त्यस्तै दोस्रो हप्ता महामारीको बिगबिगी र यसबाट बच्ने उपाय पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफल मानसिक स्वास्थ्य सम्बन्धी चेतना त्यस्तै दोस्रो हप्ता तनाव व्यवस्थापन हासिखुसि जिउने कला तेस्रो हप्ता स्वास्थ्य र साधना चौथो हप्तावित्तीय साक्षरता र यसको महत्व पाँचौं हप्तावैदेशिक रोजगारीबाट फर्किएकाहरुको उद्यमशिलताका लागि सरकारी नीति छैठौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरु, सातौं हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र अन्त्यमा घर फिर्ती तयारी गरी डिसेम्बरको 27 तारिकसम्म यो कक्षा सञ्चालन हुने जानकारी श्रम सहचारी रमा भट्टराईले जानकारी गराएकी छन् ।

सो कार्यक्रम दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली माझ पुर्याउन नेपाली राजदूतावास दक्षिण कोरियाले अपिलसमेत गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको