September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

आज काठमाडौं उपत्यकामा मात्रै थपिए २ हजार ६७२ संक्रमित

काठमाडौं, आज काठमाडौं उपत्यकामा मात्रै २६७२ जना संक्रमित भएका छन् । यिमध्ये काठमाडौंमा २१००, भक्तपुरमा २०३ ललितपुरमा ३६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

शनिबार एकैदिन थप ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । आजको पीसीआर टेस्ट १९ हजार ३२० रहेको छ ।