September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

एकैदिन थपिए ५ हजार ८ सङ्क्रमित, संक्रमितको संख्या १ लाख ५ हजार नाघ्यो

काठमाडौं, शनिबार एकैदिन थप ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । आजको पीसीआर टेस्ट १९ हजार ३२० रहेको छ । क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ६८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १२ सय २९ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ७४ हजार २५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको