September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

शिक्षामन्त्री वार्ता टोलीसहित बालुवाटारमा, डा. केसीका मागबारे प्रम ओलीसँग छलफल

काठमाडौं, चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार पुगेका छन् । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटार पुगेको बताइएको छ ।

गएराति भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षले आरोप लगाएका छन् । सरकारी वार्ता टोली र डा. केसी पक्षबीच गएराति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो ।

केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले अहिले काठमाडौंको माइतीघरसहित मुलुकमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको