September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भ्रष्टाचार मुद्दामा पूर्व डिएसपी दोषी ठहर, असईलाई २० दिन कैद

काठमाडौं, नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोग लागेका नेपाल प्रहरीका पूर्व डिएसपी अरुण कुमार शाह दोषी ठहर भएका छन् । बिशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ माघमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

पटनाको बिडी इभिनिङ कलेजबाट स्नातक उत्तिर्ण गरेका प्रमाणपत्र पेश गरेर उनी इन्सपेक्टरमा भर्ना भएका थिए । आयोगले उनीविरुद्ध उजुरी परेपछि छानबिन हुँदा उनले त्यहाँ पढ्दै नपढेको र नक्कली सर्टिफिकेट पेश गरेको पुष्टि भएको थियो । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले बुधबार उनलाई दोषी ठहर गरेको हो ।

असईलाई २० दिन कैद

त्यस्तै घुससहित पक्राउ परेका असई पदमबहादुर कटवाल पनि दोषी ठहर भएका छन् । न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती, रवि शर्मा अर्यालको इजलाशले उनलाई २० दिन कैद र ७ हजार जरिवानाको फैसला गरेको हो ।
गत वर्ष असारमा उनी घुससहित रंगेहात पक्राउ परेका थिए । प्रहरी चौकी भोक्राहा कार्यरत रहेको बेला वन कार्यालयबाट पक्राउ पूर्जी आएको भन्दै तर्साएर घुस लिएका थिए । सभार दृष्टि

शीर्ष समाचार

धेरै पढिएको