September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

नेकपा संसदीय दलकी सचेतक चौधरीलाई आईसीयूमा सारियो

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

चौथो दिनमा पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको उहाँको सचिवालयले जनाएको छ ।

चौधरीको उपचार वीर अस्पतालमा हुँदै आएको छ । यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् उनले आग्रह गरेकी थिइन ।

शीर्ष समाचार

धेरै पढिएको