September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

पृथ्वी राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

धादिङ, पृथ्वी राजमार्गमा शनिबार भएको ट्रिपर दुर्घटनामा चालकको ज्यान गएको छ । ललितपुर महानगरपालिका– २९ निवासी कृष्ण लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालक भने घाइते भएका छन् ।

काठमाडौंबाट मलेखुतर्फ आउँदै गरेको बा ५ ख ४९९ नम्बरको ट्रिपरले विपरीत दिशातर्फ आउँदै गरेको बसलाई ठक्कर दिई ट्रिपर अनियन्त्रित भई सडकबाट करिव पचास मिटर तल महेश खोलामा खसेको थियो । घाइतेको अवस्था गम्भीर छ ।

शीर्ष समाचार

धेरै पढिएको