September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

देशभर चिसो बढ्दो, १० दिनमा १० डिग्रीसम्म न्यूनतम तापक्रम घट्यो

काठमाडौं, आजभोलि देशभर चिसो बढ्दै गएको छ । बितेको १० दिनमा मात्रै देशभरको न्यूनतम तापक्रम एकदेखि १० डिग्री सेल्सियससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार राति आकाश खुल्ला भएकाले बिहान चिसो बढेको हो ।

सामान्यतया आकाशमा राति बादल लाग्दा पृथ्वीले छोडेको ताप जमिनमै आउने भएकाले बिहान न्यानो नै हुने तर आकाश खुल्ला भए पृथ्वीको ताप आकाशमै हराउँदा जमिन सेलाएर बिहान चिसो बढ्ने उनले बताएका छन् ।

अघिल्लो बिहीबार ३४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको विराटनगरको हिजोको न्यूनतम तापक्रम २४ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको