September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

डा. गोविन्द केसीसँग वार्ताको गृहकार्यमा सरकारी वार्ता टोली

काठमाडौं, सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीसँग वार्ताको गृहकार्यलाई निरन्तरता दिएको छ । शुक्रबार राति डेढ घण्टा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिएका छन् ।

बिहीबार सहमति नजिक पुगेको भनिएको वार्ता शुक्रबार टुंगोमा नपुगेपछि डाक्टर केसीका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् । सहमति नजिक पुर्‍याएर थप गूहकार्य गरी पुनः बस्नेगरी वार्ता सकिएको थियो ।

अनसनको २७ औ दिन पुग्दा डाक्टर केसीको स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको