September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थप २ हजार ५९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

काठमाडौं, शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको बताएका छन् । आजको पीसीआर टेस्ट १३ हजार २७९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १६८० डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको कुल सङ्ख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको