September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो ।

सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको