September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

पछिल्लो २४ घण्टामा थप १९ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सैनिक मुख्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

संक्रमित १ हजार ५१८ जना निको भएका छन् भने दुई सैनिकले ज्यान गुमाइसकेका छन् । अहिले सेनाका १ हजार ४६८ जनामा सक्रिय संक्रमण छ ।

शीर्ष समाचार

धेरै पढिएको