September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

मन्त्री भट्टराई र राजदूत क्वात्रावीच शिष्टाचार भेट, नेपाल–भारत उडान सुचारु गर्ने तयारी

काठमाडौं, आज सिहंदरवारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार शिष्टाचार भेट गरेका छन् । सिहंदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।

हवाई क्षेत्रका सम्बन्धमा उनिहरुवीच भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे कुरा भएको थियो । कोभिड–१९ का कारण बन्द रहेको काठमाडौं र भारतका विभिन्न सहरहरुवीचको उडान चाँडै सुचारु गर्ने बारेमा पनि उनिहरुवीच कुराकानी भएको थियो ।

त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्विनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।