
सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउपालिका ३ सिन्धुपाल्चोकमा गोलभेडा खेतीको लागि बाँस काट्न गएका ज्ञान बहादुर श्रेष्ठको मृत्यु भएको छ । ५० बर्षका ज्ञान बहादुर श्रेष्ठ छोरा सङै बाँस काट्न नजिकैको बारीमा गएका थिए । बाँस काटिसकेपछि छोराले एउटा बाँस बाेकेर घर लिएर आए बुबा अर्को बाँस काटेर एउटा हातमा खुकुरी र अर्को हातमा बाँस तान्दै गरेर बाँस घारी बाट आउदै गर्दा चिप्लिएर लडि देब्रेहातको खुकुरी कोखा भित्र पसेकाे थियो ।
अबेर सम्म पनि बुबा नआएपछि जेठा छोरा अनिल श्रेष्ठ बाँस घारी गएका थिए बुबा लडेको देखे पछि हारगुहार गरि अन्य मानिसलाई बोलाई बाह्रबिसे अस्पताल प्राथमिक स्वास्थ चौकीमा लगिएकाे थियाे तर अबस्था गम्भीर भएकोले उपचारकाे क्रममा मध्याह्न १२ बजे ज्ञान बहादुरकाे मृत्यु भएको ईलाका प्रहरी कार्यलय का इनिक्पेटर नबराज न्यौपाने ले जानकारी दिएका छन् । मृतकाे साेमबार बेलुकि नै इसाई घर्म अनुसार अन्तेष्टि गरिएको छ । यस बिसय मा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय बाह्रबिसे ले जनाएको छ ।







