January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

उद्धार उडानमा तत्काल अनुमति दिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

  • 13
    Shares

काठमाडौँ, स्थानीय प्रशासनको सिफारिसमा तत्काल नै हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार कार्य गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले यथाशीघ्र हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको हो ।

समितिको विभिन्न १३ वटा जिल्लालाई लक्षित गरेर त्यहाँका स्थानीय प्रशासनको सिफारिसमा गृहले तत्काल अनुमति दिनुपर्ने गरी निर्देशन दिइएको समितिका सभापति पवित्रा निरौलाले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको