January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

कर्मचारीमा संक्रमण देखिएपछि बन्द गरिएको श्रम स्वीकृति आजबाट पुनः शुरु

  • 23
    Shares

काठमाडौं, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधवारदेखि बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ ।

तत्काल गन्तव्य मुलुकमा पुग्न नसके रोजगारी गुम्ने जोखिम भएकाले सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ ।

यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ संक्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको