यसपालिको दशैँ बसोबास गरेकै स्थानमा मनाउन सरकारको आग्रह

काठमाडौं, नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तिव्र रुपमा फैलिदै गएपछी सरकारले एक ठाउँबाट अर्को ठाउँमा आवतजावत नगरी बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । द्शैँमा आवतजावत गर्दा कोरोना सङ्क्रमण थप फैलन सक्ने आकलन गर्दै सर्वसाधारणलाई “जुन ठाउँमा छौँ, त्यहीँ ठाउँबाट दशैँ मनाउन” आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशैँ अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरेका छन् ।
उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको जानकारी दिएका छन् । बैठकले सङ्क्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्