April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

तातोपानी नाकामा आइतवार भित्रिए ११ कन्टेनर कपडा र कच्चा पदार्थ

सिन्धुपाल्चोक, नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आइतवारबाट चिनियाँ सामग्री आउन शुरु गरेको छ । हिजो  ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिएका छन् । हिजो ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

शीर्ष समाचार

धेरै पढिएको