January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेल सवार गाडीमाथि ढुङ्गा प्रहार

  • 20
    Shares

रुपन्देही, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट रुपन्देही आउँदै गरेका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिएका छन् ।

अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो । मुख्यमन्त्री सवार गाडीसहित उहाँको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको