जटिल किसिमका सङ्क्रमित बिरामिहरु बढ्दै

काठमाडौं,पछिल्लो समय जटिल किसिमका बिरामी सङ्क्रमितहरु बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६० जना आइसीयु र भेन्टिलेटरमा उपचाररत छन । मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २२६ जना आइसीयुमा छन्
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।
यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्