April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

चाडबाड नजिकिएको मौका छोप्दै खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री प्रयास

काठमाडौं, मुख्य चाडपर्व नजिकिएको मौका छोप्दै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने अवैध गतिविधिमा विभिन्न व्यवसायी सक्रिय भएको पाइएको छ ।

अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि शङ्कास्पद क्षेत्रमा छापा मारेर त्यस्ता कार्यमा संलग्न केही व्यवसायीलाई पक्राउसमेत गरेको छ ।

आज मात्रै काठमाडौँको कलङ्कीबाट झण्डै रु पाँच करोड मूल्य बराबरका त्यस्ता खाद्य वस्तु बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । मिति सकिएको खाद्य वस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले सञ्चारमाध्यमलाई बताएका छन् ।

उनका अनुसार विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई थलोमै पक्राउ गरेको हो । बन्दाबन्दीका समयमा नबिकेका सामानलाई मिति सच्याएर बजारमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको