November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

दक्षिण काेरियामा एक नेपालीकाे मृत्यु

काेरियामा एक नेपालीको सुतेको ठाउँमा अचेत भई निधन भएको छ । साेमबार बिहान ३ बजे रुकुमको मुसिकाेट निवासी दिपक सिंजालीकाे काेरियाकाे छन्नानमा निधन भएको हाे ।राति साथी सँगै सुतेको समयमा एक्कासि बेहाेस हुदा अस्पताल लगे पछि उनको निधन भएको हाे ।

हृदयाघातकै कारणले निधन भएको हाे कि के हाे रिपोर्ट आएपछि थाहा हुने उनका साथीहरूले बताएका छन । उनको शव छन्नान स्थित एक अस्पतालमा राखिएको छ । भाषा परीक्षा मार्फत दक्षिण काेरिया पुगेका उनी विगत ९ बर्ष देखि काेरियामा बस्दै आएका थिए । पछिल्लो समय जि वान भिषा लिएर बसेका दिपककाे घरमा श्रीमती एक छाेरी र आमा छन । घटनाले मर्माहत भएको र बाँकी प्रकृयाकाे लागि सबै सँग समन्वय गरिने राप्ती समाज दक्षिण काेरियाका संस्थापक अध्यक्ष सुक थापाले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको