April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

सडकमा छाडिएका गाईबाच्छा उद्धारका लागि एम्बुलेन्सको माग

काठमाडौँ, सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् । सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले सञ्चारमाध्यमलाई बताएका छन् ।

अभियानले एम्बुलेन्स खरिदका लागि आवश्यक स्रोत जुटाउन सार्वजनिक रुपमा आह्वान गरेको छ । एम्बुलेन्सले दिनभर उपत्यकाभित्र रहेका घाइते भएका र खानै नपाएका गाईबाच्छाको सेवा गर्ने जनाइएको छ ।

उनका अनुसार खान नपाएर, विभिन्न रोगले ग्रसित भएर, कुकुरले टोकेर मान्छेले हिर्काएर गाईबाच्छा गर्दछन् । “असहाय गाईबाछा संरक्षण अभियानका नाममा स्वयंसेवी अभियान सञ्चालनमा छ, अभियानको आश्रयस्थलमा १०० भन्दा धेरै असहाय गाईबाच्छाले आश्रय पाएका छन्, हरेक दिन विभिन्न ठाउँबाट सडक दुर्घटनामा परेको वा विविध कारणले मरणासन्न बनेका गाईबाच्छाको उद्धारका लागि दर्जनौं फोन आउने गर्छ, हामीसँग प्रसस्तै मनहरु छन् तर उद्धारका लागि उचित साधन छैन” उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको