April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर एकको मृत्यु

  • 16
    Shares

भरतपुर, चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनका अनुसार वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको