January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

न्यायाधीशलाई पनि कोरोना संक्रमण देखिएपछि सर्वोच्चमा एउटा मात्रै इजलास

  • 33
    Shares

काठमाडौ, सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आइतबार सर्वोच्च अदालतको काम प्रभावित भएको छ ।

आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासका लागि मात्र पेशी तोकिएको छ । शर्माले ११ वटा रिटहरु हेर्दैछन । सामान्य अवस्थामा सातवटा भन्दा बढी इलजास सञ्चालन हुने सर्वोच्चमा न्यायाधीशलाई कोरोना संक्रमण भएसँगै इजलास स‌ंख्या एउटामा झरेको हो ।

सर्वोच्चले कतिजना न्यायाधीश र कर्मचारी संक्रमित भएको जानकारी भने दिएको छैन । उसले एक सूचना जारी गदै केही न्यायाधीशहरु, र कर्मचारीहरुमा संक्रमण देखिएको जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको