April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालय सिल

  • 2
    Shares

सुनसरी, कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको कार्यालय आज सिल गरिएको छ । उपकुलपति र शिक्षाध्यक्षको कार्यालयको प्रवेशद्वार एउटै छ । संक्रमित सहयोगी पुरुषले दुवै कार्यालयमा काम गर्दै आएका छन् ।

उपकुलपति कार्यालयले आइतबार सूचना जारी गर्दै कार्यरत सहयोगीको शुक्रबार कोरोना रिपोर्ट पोजिटिभ आएकाले अनिश्चित काललाई उपकुलपति र शिक्षाध्यक्षको कार्यालय सिल गरिएको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको