April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बझाङमा करिब एक दशकपछि पुनः हवाईयातायात सञ्चालन हुने अपेक्षा

  • 6
    Shares

बझाङ, करिब एक दशकपछि बझाङमा पुनः हवाईयातायात सञ्चालन हुने सम्भावना बढेको छ । सरकारका उच्च अधिकारीले शनिबार विमानस्थलको निरीक्षण गरेपछि बझाङमा पनि जहाज सञ्चालन हुने सङ्केत देखिएको हो ।

विसं २०६५ देखि बन्द रहेको विमानस्थलमा परीक्षण उडानका क्रममा शनिबार समिट यएरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरलगायत जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले विमानस्थलको निरीक्षण गरेका हुन् ।

विमानस्थल परीक्षणकै क्रममा रहेको दिपायल विमानस्थलमा निरीक्षण गरी साढे १२ बजे दिपायलबाट बझाङ उडेको जहाज १२ः४५ मा देवल विमानस्थलमा अवतरण भएको हो । जहाजलाई नियमित उडान भर्नका लागि विमानस्थल योग्य छ कि छैन भनेर निरीक्षण गर्नका लागि मन्त्री भट्टराईसहित अन्य नेता र विमानका क्षेत्रीय निर्देशकलगायतको टोली बझाङ पुगेको हो ।

कालोपत्रको काम सम्पन्न भएपछि शनिबार मन्त्री भट्टराईलगायतको टोलीले निरीक्षण गरेको हो । निरीक्षणका क्रममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भट्टराईले बझाङको विमानस्थलमा दुवैतिरबाट अवतरण गर्न सकिने भएकाले सुदूरपश्चिमका अन्य पहाडी जिल्लाभन्दा सहज रहेको बताएका छन् । मन्त्री भट्टराईले भने, “बझाङमा जहाजले उडान भर्ने भएपछि यहाँका अथाह पर्यटकीय सम्भावना बोकेका खप्तड, साइपाललगायत क्षेत्रमा पर्यटकलाई भित्र्याउन सकिन्छ । साथै यहाँका जनताको आयस्रोतमा पनि वृद्धि हुनेछ ।”

शीर्ष समाचार

धेरै पढिएको