ग्यालेक्सी युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बिरगंज, बिरगंज महानगरपालिका वडा न. १४ मा ग्यालेक्सी युवा क्लबको आयोजना र एल. एस. न्युरो एन्ड जेनरल हस्पिटल प्रा.लि. को सहयोगमा बृहत रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ८ महिला सहित ८२ जनाले रक्तदान गरेका थिए ।
ग्यालेक्सी युवा क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पुर्व सान्सद अनिल रुङ्ग्टा, नेपाली काङ्ग्रेसका नेता रामनारायण प्रसाद कुर्मी, एल. एस. न्युरो अस्पतालका संचालक श्यामबाबु प्रसाद, नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा बारा जिल्ला तरुण दलका अध्यक्ष लोकेश सिंह, दुगड ग्रुपका कन्ट्रि हेड फाईनान्स मेनेजर श्याम पटेल, क्लबका उपाध्यक्ष वेद प्रकाश कुर्मी, विभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबि र युवाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण क्लबका सचिव साजन पटेलले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्