January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

थप २ हजार १२० जनामा कोरोना पुष्टि, २ हजार ४४ जना डिस्चार्ज

  • 13
    Shares

काठमाडौं, शनिबार थप २ हजार १२० जनामा कोरोना पुष्टि भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई २ हजार ४४ जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६२ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन ।

क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार २७३ जना छन् । संस्थागत आइसोलेसनमा २१ हजार ३०२ जना छन् भने होम आइसोलेसनमा रहनेको सङ्ख्या ११ हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको मन्त्रालयले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको