नारायणी नदी किनारमा पोथी गैँडा मृत फेला

भरतपुर, नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
अन्दाजी ३० वर्षको पोथी गैँडा दिउँसो १२ः३० बजे फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिएका छन् । गैँडा बाढीले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । हिजो मात्रै निकुञ्जअन्तर्गत नवलपुरको लामीचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा एउटा गैँडा मृत फेला परेको थियो ।
प्रतिकृया दिनुहोस्