January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

नेपाल र युरोपेली संयुक्त आयोगको १२ औँ बैठक शुक्रबार अप्रत्यक्षरूपमा सम्पन्न

  • 4
    Shares

काठमाडौँ, नेपालको हवाई सुरक्षाका क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्राविधिक सहायता उपलब्ध गराउने अभिरुचिसहित नेपाल र युरोपेली संयुक्त आयोगको १२औँ बैठक शुक्रबार अप्रत्यक्षरूपमा सम्पन्न भएको छ ।

पारस्परिक हितका विविध विषयमा भएको छलफलमा कोभिड–१९ को महामारीबाट नेपालसहित युरोपेली सङ्घका सदस्य राष्ट्रमा परेको प्रभावबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत अप्रिलमा सङ्घले नेपाललाई अर्थतन्त्रको पुनःउत्थान, श्रमिकको माग, नेपालीको आयमा सहायता अभिवृद्धिका निम्ति करिब रु १० अर्ब २७ करोड ५० लाखको सहायता उपलब्ध गराउन गरेको तयारीबारे पनि बैठकमा विचारविमर्श भएको थियो ।

अहिलेको महामारीबाट पार पाउन राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठनसमेतको संलग्नतामा बहुपक्षीयरूपमा सहकार्य गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको