January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

सरकार चुनाव हारेका व्यक्तिकाे व्यवस्थापनमा केन्द्रीत भयाे- डा‍. बाबुराम

  • 13
    Shares

काठमाण्डौ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान काेराेना महामारीकाे नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रीत भएको आराेप लगाएका छन् ।

अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रीत भएको उनले बताएका छन् ।

विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर-जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रीत रहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको