April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ सरकार मस्त निद्रामा: गगन थापा

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले सरकारलाई जनताको कुनै चिन्ता नभएको टिप्पणी गरेका छन् । उनले २० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै तर वर्तमान सरकार मस्त निद्रामा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फतउनले लेखेका छन्, ‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर! सहमतिको पालना गर!”

शीर्ष समाचार

धेरै पढिएको