January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरे

  • 3
    Shares

काठमाडौं, नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेको छ ।

सफल आरोहण गरेको अवसरमा उनीहरुले बहराइनको झण्डा समेत फहराइएका थिए ।खलिफाले अब गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन् ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अनुसार उक्त हिमालको उचाइ ६११९ मिटर रहेको छ भने लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको